१३ बैशाख २०८१, बिहीबार

सर्वोच्चको फैसलाविपरीत एमालेले संसद अवरोध गरेको अध्यक्ष नेपालको आरोप

madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसला विपरीत संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसलाविपरीत गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउनु भयो ।

काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा उहाँले एमाले अध्यक्ष केपी ओली अदालतको फैसलालाई मान्य पक्षमा नरहेको दावी गर्नुभयो ।

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताउनु भयो । आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै उहाँले विरोधीहरुमा छटपटाहट आएको बताउनु भयो ।