१५ चैत्र २०८०, बिहीबार

यू–१९ साफ महिला फूटबलमा नेपाल भारतसँग पराजित

nepali women football team
फाइल फोटो

बंगलादेशमा जारी १९ वर्षमुनीको साफ महिला फूटबल च्याम्पियनसिप अन्तर्गत लीग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग १९० गोलले पराजित भएको हो । भारतको जितमा १ मात्र गोल प्रियंका देवीले गरिन् ।

पहिलो हाफमा पाएका केहि राम्रा अबसर सदुपयोग गर्न नसकेको भारतले दोस्रो हाफमा अग्रता लिएको हो । खेलमा बल पकड कायम राखेको भारतले गोलका लागि ६७ औं मिनेटसम्म कुर्नुपर्‍यो ।

गोलकिपर अन्जना रानामगरले रिलिज गरेको बल नियन्त्रणमा लिँदै मुभ बनाएको भारतका लागि प्रियंकाले अग्रता दिलाएकी हुन् । पेनाल्टी एरियामा सुमती कुमारीको पासमा अनमार्क रहेकी प्रियंकाले वान टचमा सुन्दर गोल गरिन् ।

जितसँगै भारत ९ अंक जोड्दै फाइनल प्रवेश गरेको छ । ७ अंक रहेको नेपाललाई भने फाइनल प्रवेशका लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । आजै हुने अन्तिम खेलमा घरेलु टोली बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

बंगलादेशको पनि ७ अंक छ भने तालिकाको पुछारमा रहेको श्रीलंका अंकविहीन छ । यस्तोमा त्यस खेलमा बंगलादेश पराजित भएमा नेपाल उपविजेता बन्दै फाइनल प्रवेश गर्नेछ । तर जारी प्रतियोगिताकै कमजोर श्रीलंका घरेलु टोलीसँग बराबरीमात्र खेलेपनि नेपालको फाइनल सम्भावना सकिनेछ ।

    सम्बन्धित समाचार...