१६ चैत्र २०८०, शुक्रबार

‘गठबन्धन फुटाउन चलखेल’

61bbf10179989 Untitled 1 63

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले एमसीसी पास नहुने बताउनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राजनीति दलहरूलाई क्षतविक्षत पार्ने षड्यन्त्र भइरहेको र राष्ट्रिय स्वाधीनतामा चुनौती बढेको चर्चा गर्दै प्रवक्ता महाराले भन्नुभयो, “गठबन्धन सरकार फुटाउन ठूलो चलखेल भएको छ, एमसीसीकै कारण पाँचदलीय गठबन्धन फुटाउने कोसिस भइरहेको छ । तर, एमसीसी पास हुँदैन ।”

२०६४ सालदेखि माओवादी केन्द्रको बाटो फरक भएकाले अल्मलिएजस्तो देखाएको उहाँको भनाइ छ । सङ्घीयता, संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता उपलब्धि भए पनि वर्गसङ्घर्ष, किसान, मजदुरको मुक्ति बाँकी नै रहेको महराले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी बुर्जुवाकरण भएको छ, यसलाई वर्ग र जनमुखीकरण गर्ने काम राष्ट्रिय सम्मेलनबाट हुनेछ ।”

पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनबाट नयाँ क्रान्तिको कार्यदिशा तय गरिने महराले बताउनुभयो । वडा, पालिका र प्रदेश सम्मेलनसम्म आइपुग्दा माओवादी केन्द्रमा पुनः जनलहर आएको चर्चा गर्दै उहाँले विचारलाई जनतासमक्ष पु¥याउने र व्यवहारमा लागू गराउने काम सांस्कृतिक अभियानले गर्ने उहाँले उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख एवं अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक आन्दोलनको जग सांस्कृतिक आन्दोलन रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “आत्मनिर्भरतासहितको समृद्धि, गरिबी अन्त्यका लागि उत्पादन र श्रम संस्कृतिको निर्माण गर्नुपर्छ ।” समुदायको पुँजी निर्माण गरेर समाजवादको भ्र्रुण निर्माण गर्न जनसांस्कृतिक महासङ्घले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । सम्मेलनमा सात प्रदेशबाट सहभागिता रहेको छ । शुक्रबार हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।