 
								भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग सुमधुर सम्बन्ध कायम राख्न भारत सरकार शीर झुकाउन पनि तयार रहेको बताउनु भएको छ।
भारतको उत्तराखण्डमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री सिंहले नेपालसँग सुमधुर सम्बन्ध कायम राख्न भारत सरकार शीर झुकाउन पनि तयार रहेको बताउनु भएको हो ।
उहाँले कुनै पनि शक्तिले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न नसक्ने दाबीसमेत गर्नुभयो । केही शक्ति नेपाल–भारत सम्बन्ध बिगार्न उद्यत रहेपनि त्यसो हुन नदिने बताउनुभयो ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत स्थानमा सीमासम्बन्धी विवाद कायम रहेका बेला भारतीय रक्षामन्त्रीको यस्तो भनाइ आएको हो ।
भारतीय सीमा सशस्त्र बलको लापरवाहीका कारण दार्चुलामा तुइन पार गर्ने क्रममा एक नेपालीको मृत्यु भएको घटनामा समेत भारतले समन्वय नगरेपछि दुइ देशबीचको सम्बन्धमा चिसो आएको छ ।
 
											 
											 
											 
									 
									 
									