१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड र ज्ञानेन्द्रबीच विगतमा गोप्य साँठगाँठ रहेको ओलीको आरोप

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच २०६० सालतिर गोप्य साँठगाँठ भएको आरोप लगाउनु भएको छ ।

एमालेका केन्द्रीय कमिटिमा मनोनित भएका ४४ जनाको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष ओलीले प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को कदम चालेको दाबी गर्नुभयो ।

प्रचण्डले बाहिर क्रान्ति र राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको ओलीले आरोप छ । उहाँले सेयर बजार बारे प्रचण्डले दिएको अभिव्यक्तिको पनि खण्डन गर्नुभयो ।

नेपालमा अस्थिरता मच्चाउन खोज्ने शक्तिहरु सकृय रहेको भन्दै अध्यक्ष ओलीले प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताको पहिलो कारक तत्व रहेको आरोप लगाउनु भयो ।

एमालेले खुल्ला २०, महिला १५ र एकता प्रकृयाबाट आएका ९ गरी ४४ जनालाइ केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।