१६ चैत्र २०८०, शुक्रबार

नेपाल–भारतका सुरक्षा प्रमुखहरुको समन्वय बैठक सम्पन्न

baithak 750x375 1

नेपाल र भारतका सुरक्षा प्रमुखहरुको समन्वय बैठक भारत विहारको सीतामढीमा सम्पन्न भएको छ ।

नेपाल र भारत विचको खुल्ला सिमानाको सुरक्षा र आम नागरिकको समस्याको विषयमा छलफल तथा सहकार्यको लागि बैठकको आयोजना गरिएको थियो । बैठकमा आपसी समन्वय अभिवृद्धि गर्ने सम्वन्धि छलफल तथा सिमा सम्वन्ध, बाढी व्यवस्थापन, गौर नाका भएर सहज आवागमन व्यवस्थापनको सवालमा दुवै देशका सुरक्षा निकायका अधिकारीविच गहन छलफल भएको रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । खुल्ला सिमाना भएको कारण उत्पन्न हुने सुरक्षा चुनौती अपराधी भागेर लुक्ने ,अवैध कारोवार , लागु औषध , तस्करी नियन्त्रणमा छलफल भएको छ । लालबकैया र बागमती नदिमा आउने बाढीको कारण रौतहटका जनताले भोग्नु परेको समस्या निकासको विषयमा छलफल भएको उनले जनाए । बैठकमा गौर नाकाबाट आवागमनमा सहजीकरण गर्ने , गौर नगरपालिका ४ टिकुलिया स्थित लालबकैयाको पूर्वी दश्गाजा क्षेत्र मा मर्मत गर्न सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरिएको छ । भारतीय बाँधमा रहेको सुलिस गेट , पानीको प्राकृतिक बहावलाइ आवस्यकता अनुसार परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

सीतामढी जिल्ला पदाधिकारी सुनिल कुमार यादवले बैठकमा सहभागी भएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी उपरीक्षक सिद्धि विक्रम शाह , सशस्त्र प्रहरी उपरीक्षक सुरज सेन ओलीलाई समेत सम्मान गरेका थिए । समन्वय बैठकमा नेपालको सिमा सित जोडिएका जिल्ला ,सुरक्षा निकायका प्रतिनिधिहरु सहभागी भएका थिए ।