८ बैशाख २०८१, शनिबार

किसानको प्रदर्शनअघि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा

farmers protest 1607189695

दिल्ली प्रहरीले किसानको प्रदर्शनअघि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा पारेको छ । दिल्ली प्रहरीले जन्तर मन्तरमा किसानहरूको प्रदर्शनअघि दिल्ली–मेरठ एक्सप्रेसवेमा सिंघु र गाजीपुर सीमामा सुरक्षा कडा बनाएको छ ।

उत्तर–पश्चिम दिल्ली र गाजीपुर सीमामा रहेको सिंघु सीमामा अवरोध राखिएको छ । बेरोजगारीविरुद्ध सोमबार किसानहरूले प्रदर्शनअघि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

यसअघि किसानहरूको छाता संगठन संयुक्त किसान मोर्चाले बिहीबारदेखि उत्तर प्रदेशको लखिमपुर खेरीमा ७५ घण्टाको धर्ना सुरु गर्ने घोषणा गरेको थियो ।

जन्तर मन्तरमा आजको किसानहरूको विरोधलाई ध्यानमा राख्दै राष्ट्रिय राजधानीमा अनावश्यक जमघट रोक्नको लागि दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

सिंघु, टिकरी र गाजीपुर लगायतका सीमामा अतिरिक्त बलहरू तैनाथ गरिएको छ। राजधानी भित्रिने सबै सवारीसाधन चेकजाँच हुँदा  सहरका विभिन्न भागमा ट्राफिक जाम हुने गरेको छ ।