८ बैशाख २०८१, शनिबार

गाउँ फर्की आएँ…. !: दसैँ मनाउन भारतबाट धमाधम घर फर्कंदै

bodar nepali

भारतसाग सीमा जोडिएका पश्चिम नेपालका दार्चुलाको धार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर-गौरीफन्टा र बााकेको जमुनाह नाकाबाट दसैा मनाउन र्फकने क्रम सुरु भइसकेको छ ।

फर्किदै गरेका नागरिक यसरी फर्किने नेपालीले विगत वर्षहरुमा निकै दुःखसमेत पाएका थिए । उनीहरुलाई चेकजााचको बहानामा भारतीय सुरक्षाकर्मीले अनावश्यक दुःख दिने, रकम असुल्ने गरेको गुनासो आउने गरेको थियो ।

अहिले त्यस्तो समस्या नहोस् भने स्थानीय प्रशासन सतर्क देखिएको छ । त्यसो त दसैा मनाउन स्वदेश फर्किनेहरुलाई नेपालीले नै पनि अनावश्यक दुःख दिने गरेको गुनासो पनि नआउने गरेको होइन ।

गन्तव्यसम्म पुग्न सवारी साधनले बढी भाडा असुल गर्ने र लुटपाटसमेत हुने गरेको थियो । यस्तो नहोस् भने आवागमन बढी हुने क्षेत्रमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।

पश्चिम तराईका धेरै मानिसको प्रमुख रोजगारीको गन्तव्य भारत हो । घर परिवारसागै चाडबाड मनाउन यो बेला ठूलो संख्यामा मानिस फर्किने गरेका छन् ।

प्रहरी प्रशासनले सहज आवागमनको व्यवस्था मिलाएको दाबी गरे पनि व्यवस्थापन चुस्त नहुादा फर्किनेहरुको गुनासो कम भएका छैनन् । यसतर्फ प्रशासन चनाखो हुनुपर्ने देखिन्छ ।