१२ बैशाख २०८१, बुधबार

आगामी सबै तहकाे निर्वाचनमा गठबन्धन दल सहमतिमा अघि बढ्छ : अध्यक्ष नेपाल

madhav
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने सबै निर्वाचनमा पनि सहमति गरेर अघि बढ्ने बताउनुभएकाे छ ।

अध्यक्ष नेपालले राष्ट्रियसभा, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरू दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्ने बताउनुभएकाे हाे ।

एकीकृत समाजवादी अर्घाखाँचीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सन्धिखर्कको सभाहलमा सम्बोधन गर्दै नेता नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गर्नुभएकाे छ ।

उहाँले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताउनुभयाे । यथास्थितिमा एमसीसी पास नहुने उहाँकाे भनाइ छ। जनचाहना र जनभावनाविपरित त्रुटीहरु नसच्चाई एमसीसी पास नहुने नेपालले बताउनुभयाे ।

सैन्य हस्तक्षेप नहुने, नेपालको कानून नमिचिने, नेपाली भूमिमा भएका सम्पत्तिको हक राष्ट्रले नै प्रयोग गर्न पाउने, नेपाली श्रमिकहरुले काम गर्न पाउने अधिकार र बाह्य हस्तक्षेप नहुने सुनिश्चिचता खोजेको उहाँकाे भनाइ छ। एमसीसीलाई पत्र पठाएर जवाफ मागिएको र चित्त बुझ्दो ढंगको जवाफको पर्खाइमा रहेको उहाँले बताउनुभयाे ।

नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबीसमेत गर्नुभएकाे छ । उहाँले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताउनुभयाे ।