७ बैशाख २०८१, शुक्रबार

ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेका छन् : महरा

Capture

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेकाे आरोप लगाउनुभएकाे छ ।

अहिलेको पाँच दलीय गठबन्धन तोड्नका लागि विदेशी शक्ति लागिपरेको र एमाले अध्यक्ष ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेकाे आरोप लगाउनुभएकाे हाे ।

सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको उहाँले बताउनुभयाे ।

अहिलेको गठबन्धन संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि बनेको भन्दै उहाँले भन्नुभयाे, ‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं । तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’ उहाँले भन्नुभयाे, ‘एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरिरहेका छन् ।’

माओवादी शक्तिहरु एक हुुनपर्नेमा जोड दिँदै महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताउनुभयाे।