१४ बैशाख २०८१, शुक्रबार

पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली विजयी

kpoli1638158346

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनमा आयोजित महाधिवेशनबाट अध्यक्षमा ओली पुनः चार वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

ओलीले १८४० मत पाउनुभएको छ भने अध्यक्षका अर्का प्रत्याशी भीम रावलले २२३ मत प्राप्त गर्नुभएको नेकपा एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि आज बिहान निर्वाचन भएको थियो ।

यसै गरी एमालेमा ५ जना उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

अष्टलक्ष्मी शाक्यले १९ सय ७६ मत, सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८ सय ६५, विष्णु पौडेल १८ सय ५६, रामबहादुर थापा १७ सय ६८ मतका साथ विजयी भएको डा. भट्टराईले जानकारी दिनुभयो ।

सचिव पदमा गोकर्ण विष्ट १९ सय ७६, योगेश भट्टराई १९६४, छविलाल विश्वकर्मा १८ सय, पदमा अर्याल १८ सय, टोप बहादुर रायमाझी १७ सय र लेखराज भट्ट १७ सय ४ मत र रघुवीर महासेठ १५ सय १३ मत ल्याएर विजयी हुनुभएको हो ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० गतेदेखि चितवनमा जारी छ ।