६ बैशाख २०८१, बिहीबार

कावा खोलामा निर्माणाधीन पक्की पुल यसरी भाँचियो

bhojpur

भोजपुरलाई उत्तरदक्षिण जोड्नका लागि कावा खोलामा निर्माणाधीन पक्की पुल भाँचिएको छ ।

हतुवागढी गाउँपालिका वडा नम्बर २ रानीबास र रामप्रसाद राई गाउँपालिका वडा नम्बर ५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा निर्माण भइरहेको पुल भाँचिएको हो ।

स्वीस सरकारको ५ करोड लागतमा पुल निर्माण भइरहेको थियो । पुलको डिजाइन अवधि ८० वर्षको र भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताए पनि निर्माणकै क्रममा भाँचिएपछि स्थानीय निराश छन् ।

४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलव २० मिटर रहेको पुलको दुवैतिर पैदल हिड्न मिल्ने गरी बनाउने तयारी गरिएको थियो । भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तार थालिएको थियो ।