१४ बैशाख २०८१, शुक्रबार

फेरी एक घण्टा सर्‍यो एमाले महाधिवेश बन्दसत्र, अध्यक्षमण्डलमा छलफल हुँदै

UML banda satra 768x319 1

नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्र एक घण्टा सारिएको छ । आइतबार साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको छ ।

बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसेको छ । बैठकमा केपी ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्टमाथि छलफल भइरहेको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पनि रहेका छन् । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा राखिएको छ।