८ बैशाख २०८१, शनिबार

पुरानैबीच प्रतिस्पर्धा: भोजपुरमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

bhojpur

मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरमा पुरानै अनुहार दोहोरिएका छन् । प्रतिनिधि सभाका लागि एउटा क्षेत्र र प्रदेश सभाका लागि २ क्षेत्र रहेको भोजपुरमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनविच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभातर्फ एमालेबाट पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनबाट माओवादी केन्द्रका सुदन किारातीविच चुनावी प्रतिस्पर्धा हुनेछ । यस्तै प्रदेश एक का वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेशसभा क्षेत्र नं १ मा चुनाव लड्दैछन् ।

उनीसंग एमालेका हरिबहादुर राई र स्वतन्त्र उमेद्वारी दिएका नेपाल तरुण दलका केन्दि्रय उपाध्यक्ष उत्तम चापागाई चुनावी प्रतिपर्धामा देखिएका छन् ।

२०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा तत्कालिन बामगठबन्धनबाट शेरधन राई, सुदन राई र राजेन्द्रकुमार राईले चुनाव जितेका थिए ।

जसमा प्रतिनिधी सभातर्फ सुदन, प्रदेशसभाको क तर्फ राजेन्द्रकुमार राई र प्रदेशसभा ख तर्फ शेरधन राई विजयी भएका थिए भने यो पटक गठबन्धनबाट नेकपा एसका राजेन्द्र र माओवादी केन्द्रका सुदनसंग एमाले शेरधन चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

प्रदेश सभा ख तर्फ भने यो पटक नयाा अनुहार देखिएको छ । एमालेबाट खड्गबहादुर कार्की र गठबन्धनका नेपाली कांग्रेसका सभापति विनोद वान्तावा विच प्रतिस्पर्धा हुने भएको छ ।

यस पटक स्वतन्त्रबाट भने भोजपुरमा नयाा अनुहार देखिएका छन् । यस्तै साना दलहरुबाट प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।