१३ बैशाख २०८१, बिहीबार

कोरोना युवालाई लाग्दैन भन्दै ‘कोरोना पार्टी’ गर्दा सर्यो भाइरस

virus

युवालाई कोरोना लाग्दैन भनेर साथीभाई जम्मा भएर (कोरोना पार्टी) गर्नेमध्ये एक जनालाई कोरोना संक्रमण भएको छ। गभर्नर एन्डी वसरका अनुसार केन्टुकीका केही यङ्ग एडल्टस् उमेर समूहहरुले कोरोना लाग्दैन भनेर पार्टी दिएका थिए। तीमध्ये एक जनाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्दा उनमा कोरोनाको संक्रमण देखिएको हो।

उनीहरु कोरोना संक्रमण फैलन नदिन धेरै जना भेला नहुनेबारे जानकार हुँदहुँदै भेला भएका थिए। उनीहरुले यूवा बयष्कलाई कोरोना नलाग्ने भन्दै पार्टी गरे। तर ती सबै भ्रम थिए। यस्तै कुराहरुले मलाई पागल बनाइरहेको छु गभर्नरले भने।

चीनको वुहानमा जव कोरोना भाइरसको संक्रमण शुरु भएको थियो त्यसयता कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको उमेर समूहका आधारमा ६० वर्षमाथिको उमेर समूहहरुका बढि जोखिममा रहेका र यूवा समूह सुरिक्षत रहेको दावी आएको थियो। तर कोरोना भाइरसको संक्रमण जति बढ्दै गयो यसले उमेर समूहलाई मात्र प्रभावमा नपार्ने, सबै उमेर समूहकाहरु जोखिममा रहेको देखियो।

अमेरिकामा कोरोना भाइरस फैलिएपछि चीनको तुलनामा धेरै यूवाहरु संक्रमित भइरहेका छन्। कोरोना भाइरसबाट संक्रमित भएर अमेरिकाको अस्पतालमा भर्ना भएकामध्ये २० प्रतिशत २० देखि ४० उमेर समूहका छन्। सिएनएनका अनुसार न्युयोर्कका कोरोना संक्रमितमध्ये ५३ प्रतिशतको उमेर १९ देखि ४९ उमेर समूहका छन्।

क्यालिफोर्नियामा मृत्यु भएका पहिलो कोरोना भाइरस संक्रमितको उमेर १८ वर्ष थियो। फ्रान्स र इटलीमा पनि संक्रमित हुने यूवा समूहको संख्या उच्च देखिएको छ। एजेन्सी