१३ बैशाख २०८१, बिहीबार

स्वास्थमन्त्रीले कतार र दुवई छुट्ट्याउन नसके पछी विज्ञप्ति जारी

dhakal vanuvakta

नेपालमा देखिएका कोरोनाभाइरसको तेस्रो बिरामी कतारबाट आएको भनी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नै गलत सूचना प्रवाह गरेका छन् ।

कोभिड-१९ संक्रमण भएका तेस्रो नेपालीबारे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार दिएको सूचना नै गलत परेपछि धेरै सञ्चारमाध्यम अफ्ठेरोमा परेका हुन्।

चैत ६ गते काठमाडौं आएका धादिङका ३२ वर्षीय युवकबारे मन्त्री ढकालले दिएको सूचनालाई भेरीफाई नगरी समाचार बनाउँदा धेरै सञ्चारमाध्यमले पाठकको गाली खानु परेको हो।

विभिन्न सञ्चारमाध्यममा दुवईबाट आएका एक नेपालीलाई कोरोनाभाइरसको संक्रमण देखिएको समाचार सार्वजनिक भए पनि मन्त्री ढकालले नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै कतारबाट आएका नेपाली नागरिकलाई कोरोना देखिएको बताएका थिए । तर स्वास्थ्य मन्त्रालयले नै बेलुका विज्ञप्तिमार्फत उक्त भनाइ सच्याएको थियो ।

युएईमा काम गर्दै आएका ती युवकबारे आफूलाई आएको सूचनाको भेरिफाई नै मन्त्री ढकालले पत्रकार सम्मेलन कतारबाट आएको भनिदिएपछि त्यही आधारमा समाचार तयार भयो। मन्त्री ढकालले पत्रकार सम्मेलनमा भनिदिए, कतारबाट एयर अरेबियाको जहाजमा चैत ६ गते आएका युवकलाई मंगलबार स्वास्थ्य जाँच गर्दा कोरोना संक्रमण देखियो।

यति सूचना पाएपछि अनलाइन, टेलिभिजन र रेडियो माध्यमले तत्कालै ुकतारबाट एयर अरेबियाको जहाज चढेर आएका युवकमा कोरोनाु भनेर समाचार प्रसारण, प्रकाशन गरे। तर पत्रकारले पनि कतारबाट एयर अरेबिया आउँदैन कतार एयरवेज आउँछ भन्ने हेक्का राखेनन्। नेपाल वायुसेवा निगमको उडान रोकिएको अवस्थामा दोहबाट कतार एयरवेज मात्रै आउँथ्यो।

एयर अरेबिया त सारजाहबाट आउँछ। दुबईमा काम गर्ने धादिङका ती युवक सारजाहबाटै एयर अरेबियाको जहाज चढेर काठमाडौं उत्रिएका थिए। कोरोना भाइरस ९कोभिड(१९० का तेस्रो संक्रमित व्यक्ति मार्च १९ ९चैत ६० गते सारजाह एयरपोर्टबाट एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ मा राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

दुबई सारजाहबाट नेपाल आएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

health minister dhakal