१४ बैशाख २०८१, शुक्रबार

चितवनमा एमाले अघि नै मालेको महाधिवेशन गर्दै सीपी मैनाली

male

चितवनमा नेकपा (एमाले)को चुनावी सरगर्मी बढिरहेको बेला नेकपा (माले)को पनि आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

महाधिवेशन आयोजक मुल समितिले आज (बिहीबार) नारायणगढमा पत्रकार सम्मेलन गरि कात्तिक २७ देखि २९ गतेसम्म चितवनमा महाधिवेशन गर्न लागिएको जानकारी दिएको हो ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै स्थायी कमिटी, पोलिटव्युरो र विभिन्न विभागहरु गठन गरि घोषणा पत्र जारि गरिने पार्टीका स्थायी कमिटी सदस्य एवंम महाधिवेशन आयोजक मुल समितिका संयोजक दिननाथ घिमिरेले जानकारी दिए । ‘तीन दिन महाधिवेशन हुनेछ, पहिलो दिन उद्घाटन र बाँकी दुई दिनमा प्रतिवेदन माथि छलफल र नयाँ नेतृत्व चयन गरिने छ’–घिमिरेले भने ।

तीन दिनसम्म चल्ने महाधिवेशनको पार्टीका महासचिव सीपी मैनालीले समुद्घाटन गर्नेछन् । महाधिवेशनमा देशभरबाट कुल ३०० प्रतिनिधि सहभागि हुने संयोजक घिमिरेले जानकारी दिए । केन्द्रीय कमिटी ७५ सदस्यीय हुने भएको छ भने ११ स्थायी कमिटी सदस्य र २१ जना पोलिटव्युरो सदस्य चयन गरिने छ । यस्तै महाधिवेशनमा राजनीतिक, पार्टी बिधान, नेपाल चिन्तनलगायतका ८ वटा प्रतिवेदनमा छलफल हुनेछ । महाधिवेशनको समुद्घाटन सत्र अघि झाकी सहितको ¥यालि निकालिने छ ।

महाविधेशनको तयारी अन्तिम चरणमा पुगेको पोलिटव्युरो सदस्य एवं महाधिवेशन मुल आयोजक समितिका सहसंयोजक भगवती घिमिरेले जानकारी दिइन् । ‘हामी महाधिवेशनको अन्तिम तयारीमा छौं, सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गर्दर्छौ’–घिमिरे भनिन् ।