७ बैशाख २०८१, शुक्रबार

नेकपा मालेकाे महासचिवमा सिपी मैनाली सर्वसम्मत चयन

CP Mainali

नेपाल कम्युनिष्ट पार्टी (माले) को महासचिवमा सिपी मैनाली सर्वसम्मत चयन हुनुभएकाे छ । चितवनमा सम्पन्न आठौं महाधिवेशनले पुन: मैनालीलाई नै महासचिव बनाएको हाे।

सोमबार सम्पन्न महाधिवेशनले ५९ केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ। उक्त केन्द्रीय कमिटीको पहिलो बैठकले मैनालीलाई पुन: पार्टी महासचिव बनाएको हो।

नेता डम्बर श्रेष्ठका अनुसार दोस्रो बैठकले कमिटीमा २२ जना सदस्य थप गरेर ८१ सदस्यीय बनाउने छ ।

महाधिवेशनको बन्दसत्रमा महासचिव मैनालीले नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवाद, राजनीतिक प्रतिवेदन, एनपी आचार्यले पार्टी संगठन, सिद्धान्त र प्रस्ताव, डम्बर श्रेष्ठले पार्टी विधान, कुमार बेलबासेले पार्टीको तत्कालिक कार्यनिति, दिनानाथ घिमिरेले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे जनाइएकाे छ ।