१३ बैशाख २०८१, बिहीबार

महाधिवेशनले माओवादीलाई नवजीवन प्रदान गरोस् : सीपी मैनाली

61c84611ac9ee cp mainali 63

नेकपा (माले)का महासचिव सीपी मैनालीले नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनले पार्टीलाई नवजीवन प्रधान गरोस् भन्ने कामना गर्नुभएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समरोहमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘महाधिवेशनले माओवादीलाई नवजीवन प्रदान गरोस्’, मैनालीले भन्नुभयो, ‘मेरो यही छ शुभकामना ।’

एउटा लक्ष्य प्राप्तिका लागि भएको आन्दोलनका लागि राष्ट्र र जनताले ठूलो त्याग गरेको तर अर्कै वस्तु लिएर माओवादी अगाडि बढेको भन्दै उहाँले समयले जवाफ मागेको बताउनुभएको छ ।

जिम्मेवार पार्टीले यसको जवाफ दिनुपर्नेमा महासचिव मैनालीले जोड दिनुभएको छ । महाधिवेशनले यस्ता प्रश्नको जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।