
वेल्सका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस संक्रमण भएको छ र उनि थोरै लक्षणहरूका साथ घरबाटै काम गर्दैछन्। राजकुमार चार्ल्स र डचेस अफ कार्नवाल अब स्कटल्याण्डको आफ्नै घरमा सेल्फ आइसोलेसनमा छन्।
क्लेरेन्स हाउसका प्रवक्ताका अनुसार “राजकुमारमा केहि लक्षणहरू देखा परेका भएपनी उनको स्वास्थ्य राम्रै रहेको र विगत केही दिनहरुदेखी सामान्य रूपमा घरबाट काम गरिरहेका छन्”।
डचेसलाई पनि भाइरसको लागि परीक्षण गरिएको थियो तर उनमा संक्रमण देखिएन ।