१६ बैशाख २०८१, आईतवार

नेपालमा कोरोना संक्रमित संख्या तीन, टेकु अस्पतालमा उपचार हुँदै

thumb.php

खाडी मुलुकबाट हालसालै नेपाल फर्किएका एक व्यक्ति संक्रमित भएको पुष्टि भएको छ तर उनि कुन देशबाट फर्किएको खुलेको छैन । अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले जानकारी दिए अनुसार्, ‘टेकु अस्पतालको आइसोलेसनमा रहेका बिरामीको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको हो।’ संक्रमित मध्य पहिलो व्यक्ती निको भएर घर फर्किसकेका छन भने दुई उपचाररत छन ।

यस अघी फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक १९ वर्षिय युवतिमा संक्रमण देखिएको थियो ।

विश्वका १९५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ३७५,४९८ व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ भने यसमध्ये १६,३६२ जनाको मृत्यू भइसकेको छ ।