१६ बैशाख २०८१, आईतवार

बाबुराम भट्टराईले भने:- कोरोना भाइरस सँगसँगै ‘भोकभाइरस’को पनि व्यवस्था गर्न आग्रह

पूर्वप्रधानमन्त्री तथा समाजवादी दलका अध्यक्ष डा.बाबुराम भट्टराईले कोरोना भाइरसका कारणले ‘लक-डाउन’ अझ बढ्न सक्ने भन्दै सरकारलाई ‘भोक भाइरस’को बन्दोबस्ती गर्न आग्रह गरेका छन् ।

बुधवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डाक्टर भट्टराईले ज्यालादारीमा गुजारा गर्नेहरू र अशक्तहरूका निम्ति तुरुन्त आर्थिक प्याकेज घोषणा हुनुपर्ने जनाएका छन् ।

‘देशको लकडाउन ७ दिनभन्दा बढी लम्बिनसक्छ, अतस् कोरोनाभाइरस सँगसँगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं,’ उनले लेखेका छन्, ‘ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो । संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ !