१३ बैशाख २०८१, बिहीबार

(हेर्नुहाेस् नयाँ भाडादर) आन्तरिक उडानतर्फकाे हवाई भाडा बढ्याे

domastic air flight

आन्तरिक उडानतर्फ हवाई भाडामा वृद्धि भएको छ । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हाे । हवाई इन्धनकाे मूल्य (फ्यूल सजचार्ज) बढेपछि हवाई भाडा पनि बढेको बताइएकाे छ ।

नयाँ भाडादरमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जनाएकाे छ । पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।

हेर्नुहाेस् नयाँ भाडादर

Capture