१६ चैत्र २०८०, शुक्रबार

चार खेलमा अपराजित रहँदै पाकिस्तान सेमिफाइनल प्रवेश

2021 10 24T154541Z 684553037 UP1EHAO17S3SN RTRMADP 3 CRICKET T20WORLDCUP IND PAK

पाकिस्तान आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

समूह दुईमा गएराति नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का पारेको हो । १ सय ९० रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रनमात्र जोड्न सक्यो ।

नामिबियाका डेविड वैसीले अविजित ४३ रन बनाउँदा क्रेग विलियम्स ४० रनमा आउट भए । पाकिस्तानका हसन अली, इमाद वासिम, ह्यारिस रौफ र सादब खानले एक(एक विकेट लिए ।

यसअघि आबु धाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ८९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका मोहम्मद रिजवान ७९ रनमा अविजित रहे । त्यस्तै कप्तान बाबर आजम ७० रनमा आउट हुँदा मोहम्मद हफिज ३२ रनमा नटआउट रहे ।

बलिङमा नामिबियाका डेविड वैसी र ज्यान फ्रायलिंकले एक-एक विकेट लिए । जितसँगै चार खेलमा अपराजित रहँदै आठ अंक जोडेको पाकिस्तान सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ ।

यसअघि पहिलो टोलीका रुपमा समूह एक बाट इंग्ल्याण्डले सेमिफाइनलमा पुगेको थियो । आज न्यूजिल्याण्ड र स्कटल्याण्ड तथा अफगानिस्तान र भारतबीच खेल हुनेछ ।

    सम्बन्धित समाचार...