१४ बैशाख २०८१, शुक्रबार

हवाई यात्रामा नयाँ नियम लागू, यस्ता छन् अनिवार्य स्वास्थ्यका मापदण्ड

tia airport
फाइल फोटो

कोरोना महामारी जोखिम बढ्दै गएपछि हवाई यात्रामा नयाँ नियम लागू गरिएकाे छ । हवाइ यात्रामा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको हाे ।

आन्तरिक हवाई यात्राका लागि विमानस्थल प्रवेश गर्दा यात्रुले कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने नयाँ नियम लागू गरिएकाे छ ।

बुधबार बसेको वायु सेवा संञ्चालक संघको कार्यसमिति बैठकले हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि) अनिवार्य गर्ने निर्णय गरेको हो ।

बुधबार वायुसेवा सञ्चालन संघले हवाई जहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसङ्क्रमित गर्नुपर्ने तथा चेक–इक, बोडिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने निर्णय गरेको छ ।