१३ बैशाख २०८१, बिहीबार

परीक्षाकाे विषयमा विद्यार्थी र प्रहरीबीच झडप, केही विद्यार्थी प्रहरीकाे नियन्त्रणमा

kanipur city college

कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । प्रहरीको लाठी लागेर केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको थियाे ।

बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । विद्यार्थीहरुका अनुसार स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले विद्यार्थीले कलेजको गेटमा तालाबन्दी गरेका थिए ।

मंगलबार हिमालयन ह्वाइट हाउस कलेज, पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको विद्यार्थीलाई सँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए ।