१३ बैशाख २०८१, बिहीबार

फ्रेण्ड्स र सातदोबाटो भिड्ने ‘ए डिभिजन लीग’को उद्घाटन खेलमा

Football f28dRVkCXm

सहिद स्मारक ए डिभिजन लीगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज लीगको टाइसिट ड्र गरेको हो । जस अनुसार कात्तिक २९ गते फ्रेन्ड्स र सातदोबाटोबीच दशरथ रंगशालामा साँझ ५ बजे खेल हुनेछ । पहिलो दिन एक मात्र खेल हुनेछ ।

पहिलो चरणमा दोस्रो दिनदेखि दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा १(१ खेल हुनेछन् । दिउँसो १२ बजे हुने खेल एन्फा कम्प्लेक्स र दिउँसो ३ बजेको खेल दशरथ रंगशालामा खेलाउने एन्फाले तयारी गरेको छ ।

कार्यक्रममा पहिलो र दोस्रो चरणका खेल तालिका सार्वजनिक गरेको छ । पहिलो चरणका खेलहरु कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म र दोस्रो चरणका खेलहरु मंसिर ४ गतेदेखि ६ गतेसम्म हुनेछन् । तेस्रो चरणका खेलहरुको मिति भने पछि नै सार्वजनिक हुनेछन् ।

तेस्रो चरणदेखि च्यासल टेक्निकल सेन्टर र मनाङ मर्स्याङ्दी क्लबका केही खेल भने पोखरा रंगशालामा खेलाउने तयारी पनि एन्फाको छ । लीगमा यस पटक पूर्ण क्षमतामा दर्शकलाई प्रवेश दिइने र प्रवेश शुल्क केही दिनमा सार्वजनिक गर्ने एन्फाले बताएको छ ।

सिंगल राउन्डको लीग फागुन दोस्रो सातासम्म चल्नेछ । लीगमा सर्वाधिक अंक जोड्दै तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

लीगमा कुल १३ चरणका ९१ खेल हुनेछन् । लीग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट खेलाडीले गोल्डेन बल, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । यी खेलाडीसँगै उदियमान खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।