१४ बैशाख २०८१, शुक्रबार

एक करोड ३० लाखलाई विश्वमा बर्सेनि पक्षाघात

विश्व पक्षघात दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आयोजना गरेको कार्यक्रममा विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको तथ्याङ्क सार्वजनिक गर्दै पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो ।

उहाँले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

डा. पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनु पर्ने बताउनुभयो ।

    सम्बन्धित समाचार...