१४ बैशाख २०८१, शुक्रबार

धरानमा चुलीयाे एमाले विवाद, दुई ठाउँमा बोलाइयो नगर अधिवेशन

uml logo1628521956

सुनसुनरीमा दसबुँदे सहमतिबमोजिम पार्टी संरचनालाई २०७५ जेठ २ मा फर्काउने/नफर्काउनेबारे विवाद चुलिएको छ । जिल्ला कमिटीमा जारी यो विवादले अहिले धरान उपमहानगरपालिका कमिटीमा पनि विवाद चुलीएकाे हाे ।

कात्तिक ६ गते एमालेले एकसाथ देशभर वडा अधिवेशन गर्ने क्रममा धरान उपमहानगरका ६ वटा वडामा समानान्तर कमिटी बनाइएकाे छ। सबैले आफू नै वैधानिक भएको दाबी गरिरहेका छन् । यसैकारण आज देशभर गर्न लागिएको गाउँ/नगर अधिवेशनमा पनि एमालेको धरान कमिटी विभाजन भएको हो । जेठ २ का पक्ष विपक्षमा रहेका दुई समूहले आज छुट्टाछुट्टै अधिवेशन आयोजना गर्न लागेका हुन् ।

संस्थापन पक्षले धरान १० स्थित सैनिक भवनमा नगर अधिवेशन गर्न लागेको छ भने जेठ २ अघिको कमिटीले धरान १५ स्थित होटल इजी राइडरमा गर्न लागेका छन् । दुवै पक्षका नेता/कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आआफ्ना स्थानमा कार्यक्रमका लागि निमन्त्रणा पत्र सेयर गरिरहेका छन् । वडा अधिवेशनका क्रममा धरानका १, ५, ८, १०, ११ र १७ नम्बर वडामा दुवै पक्षले अलगअलग कमिटी गठन गरेका छन् । धरान एमालेका उच्च नेताहरूको पालिका भए पनि विवाद मिल्ने छाँट देखिएको छैन।

धरान प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य र प्रदेश सभामुख प्रदीप भण्डारी निवार्चित क्षेत्र हो। धरान सुनसरी क्षेत्र नं १ को प्रदेशसभा क र ख बाट आर्चाय र भण्डारी प्रदेश सभा सदस्य बन्नु भएकाे हाे ।