१५ बैशाख २०८१, शनिबार

गोरेलाई थप १० वर्ष कैद र एक लाख जरिवाना

Gore

चूडामणि उप्रेती ‘गोरे’लाई १० वर्ष कैद सजाय र १ लाख जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे’लाई १० वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको हो ।

त्यस्तै, अदालतले कैदसँगै सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति पनि गोरेले नै भर्नुपर्ने फैसला गरेको छ । तस्करीको सुन हराएपछि गोरे समूहबाट मोरङ उर्लाबारीका शाक्यको हत्या भएको थियो । असोज १९ गते अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भए पनि अदालतले सजायको निर्धारण गरेको थिएन ।