६ बैशाख २०८१, बिहीबार

दर्ता नगरीऔषधी बेच्दा चश्मा पसल शिलबन्दी

pashal 21635230822

विरामीले सेवन गर्ने औषधी दर्ता बेगर विराटनगरको एक चश्मा पसलले बिक्री वितरण गरेको भेटिएपछि पसल शिलबन्दी गरिएकाे छ ।

विराटनगर आँखा अस्पताल अगाडी विराटनगर – १३ मा रहेको गुगल चस्मा घरका संचालक विकास साहले अनुमति लिएको भन्दा बाहिर गएर औषधी बिक्री वितरण गरेको भेटिएपछि औषधी व्यवस्था विभाग विराटनगरले पसल शिलबन्दी गरेको हो ।

उक्त चश्मा घरले अनुमति बेगार बिक्री वितरणमा राखिएको औषधी पनि विभागले बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिनु भयाे । ‘अनुमती नलिकन चश्मा पसलले औषधी विक्री वितरण गरेको सूचना आएको थियो,’ उहाँले भन्नु भयाे, ‘अनुगमनको क्रममा चश्मा पसलमा औषधी भेटियो ।

यसरी औषधी व्यवस्था विभागको स्वीकृती बेगार औषधी बिक्री वितरणमा प्रतिबन्ध छ ।’ विभागबाट स्वीकृत नलिकन मनलाग्दी तरिकाले पसल संचालन गरेर औषधीको बिक्री वितरण गर्नेलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढने उहाँले बताउनु भयाे । यसअघि औषधी पसल खोलेपनि विभागदेखि स्वीकृत नकिलन तराइको र पहाडी जिल्लाका फार्मेशीहरूले औषधी बिक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय चस्मा पसलहरूले पनि खुल्लेआम औषधी बिक्री वितरण गर्न थालेपछि अनुगमनलाई तिव्रता दिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको तीन महिना असोजसम्ममा दर्ता नभएका १८ वटा फार्मेशीलाई औषधी व्यवस्था विभाग विराटनगरले कारवाही गरेको तथ्याङ्क छ ।