१२ बैशाख २०८१, बुधबार

भेटवार्तापछि सर्वोच्चका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा, आज पनि इजलाश अनिश्चत

court

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको भेटवार्तापछि सर्वोच्च अदालतका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् ।

न्यायाधीशहरुले आज विहान प्रधानन्यायाधीश जबरासँगको भेटवार्ता गरेका थिए ।

भेटमा न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई राजीनामाका लागि आग्रह गरेका थिए । भेटपछि फेरि उनीहरु सामूहिक छलफलमा बसेका छन् ।

न्यायाधीशहरुले मंगलबार पनि इजलास बहिष्कार गर्ने सम्भावना रहेको छ । यता जबराले भने पेशी तोक्नुभएको छ । तर मुद्दाको सुनुवाई भने अनिश्चित छ ।

यसैबिच नेपाल बार एसोसिएसनको सल्लाहकार परिषदको बैठक पनि मंगलबार बस्दैछ । सो बैठक मार्फत नेपाल बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने तयारी गरेको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार नै राणाको राजीनामा माग गरिसकेको छ । प्रधानन्यायाधीश राणा न्यायपालिकाको नेतृत्व गर्न असफल रहेको भन्दै सर्वोच्च बारले मार्गप्रशस्त गर्न आह्वान गरेको हो ।

यस्तै सोमबार नै संयुक्त विज्ञप्ति निकालेर चार पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्कीले ले राणाको राजीनामा माग गर्नुभएको थियो । न्यायालयमा अहिलेको समस्याग्रस्त अवस्थामा आउनुमा प्रधानन्यायाधीश राणा जिम्मेवार रहेको भन्दै राजीनामा माग गरिएको हो ।

प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबण्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ । राणाले भने दवाव र प्रभावमा आएर राजीनामा नदिने बताउनुभएको छ ।