१४ बैशाख २०८१, शुक्रबार

बहाब अहिलेसम्मकै उच्च महाकाली नदीमा, शारदा व्यारेजमा आवतजावतमा रोक

616e4c588b8c6 mahakali

आइतबारदेखिको अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च भएको छ । बाढीका कारण शारदा ब्यारेजको बनबासा पुलमा आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार महाकालीमा आज बिहान पानीको बहाव पाँच लाख दुई सय क्युसेक मापन गरिएको छ ।

सय वर्ष पुरानो पुल जीर्ण भएका कारण महाकाली नदीमा मंगलबार बिहान ९ बजेसम्म पानीको बहाब पाँच लाख क्युसेक नाघेपछि आवतजावत पूर्ण रुपमा बन्द गरिएको हो ।

‘एक लाख क्युसेक बहाब हुने बित्तिकै पुल बन्द हुन्छ, पाँच लाखले त दुबै तर्फ डुबान समेत गरेको छ, हामीले सबैलाई सतर्क रहन आग्रह गरेकाछौ ।’ प्रनाउ न्यौपानेले भन्नुभयो ।

महाकालीमा आएको बाढीले तटिय क्षेत्रका भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म भुजेला, ऐरी, दोधाराचाँदनी, खल्ला मुसेठी लगायतका क्षेत्रमा डुबान गरेको छ भने बन्दै गरेको महाकाली पुलको चारलेन सडक र बाँधमा कटान गरिरहेको छ ।

स्थानीय प्रशासनले महाकाली नदीमा बाढी अझै बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई शतर्क रहनसमेत सूचित गरेको छ । ‘नदी आसपासका बस्ती डुबानमा परेका छन्, उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ प्रनाउ न्यौपानेले बताउनुभयो ।

महाकाली नदीले चारलेन सडक कटान गर्न थालेपछि नदी गाउँ पस्ने खतरा बढेको छ । ‘महाकाली नदीमा पानीकोे बहाब धेरै हुँदा एकसय मिटर पक्की सडक बगाएको छ । यसले ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया, भुजेला लगायत क्षेत्रमा महाकाली पस्ने खतरा बढेको हो ।