१२ बैशाख २०८१, बुधबार

दार्चुलामा तुइन चुँडिदा महाकाली नदीमा एक जना बेपत्ता

tuin

तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन् ।

दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।