७ बैशाख २०८१, शुक्रबार

मन्त्रीकाे क्षतिपूर्ति मुख्यमन्त्री !

deuwa gathabandhan 69

सत्ता गठवन्धनका दलहरूबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ ।

संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको नेकपा (एस)लाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बाग्मती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन् ।

बिहीवार बालुवाटारमा बसेको सत्ता गठवन्धन दलका शीर्ष नेताको बैठकमा संघीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाइ भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै नेकपा (एस)लाई दुईवटा मुख्यमन्त्री दिएर मनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए ।

‘माधवजीले असन्तुष्टि राख्नुभयो, प्रचण्डजीको प्रस्तावमा दुईवटा मुख्यमन्त्री लैजानुहोस्, अन्यत्रको नियुक्तिमा पनि हेरौँला र छलफल गरौँला भनेपछि माधवजी सल्लाह गर्छु भनेर निस्कनुभएको छ,’ ती नेताले भने ।

नेपाल गठबन्धन बैठक छाडेर पार्टीको स्थायी कमिटी बैठकस्थल पुगेका छन् । जहाँ उनले संघीय र प्रदेश मन्त्रिपरिषद् विस्तार र हेरफेरका विषयमा सल्लाह र निर्णय लिने बताइएको छ । नेकपा एसको भागमा मुख्यमन्त्री परेका दुईवटा प्रदेशमा गठबन्धन दलको बहुमत छ ।