१६ चैत्र २०८०, शुक्रबार

कोरोना संक्रमणबाट थप ८ सय ५ जना संक्रमित, ८ जनाको निधन

corona insurance

कोरोना भाइरसबाट आज थप ८ सय ५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ७ हजार २ सय ६४ नमुनाको पिसिआर परीक्षण गर्दा ६ सय ६७ जना तथा ३ हजार ४ सय ८ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज थप ९ सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने देश भर गरी १५ हजार ९ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये ३ सय २९ जनाको आइसियु र १ सय १२ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यसै गरी आज थप ८ जनाको कोरोनाका कारण निधनभएको मन्त्रालयले जनाएको छ ।