६ चैत्र २०८०, मंगलवार

वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको १४ वर्षीया बालिकाको शव प्रहरीको नियन्त्रणमा

death 1 12 11
फाइल फोटो

वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको १४ वर्षीया एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

बलात्कारपछि अत्यधिक रक्तश्राव भएको र उपचारका क्रममा बालिकाको मृत्यु भएपछि आफन्तले दाहसंस्कार गर्न लागेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सोही सूचनाको आधारमा दाहसंस्कार गर्न लागेको शव नियन्त्रणमा लिई पोष्टमार्टम गर्न नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

रिपोर्ट प्राप्त भएपछि घटनाबारे थप खुल्ने उहाँको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धानका लागि मृतक बालिकाको आमाबुवासहित केहीलाई नियन्त्रणमा लिएको छ । भारत घर भएकी बालिका परिवारसहित पर्सामा रहँदै आएकी थिइन् ।