२६ बैशाख २०८१, बुधबार

शुक्रवार मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनबीच सहमति

deuwa gathabandhan 69

 मन्त्रिपरिषदलाई शुक्रवार पूर्णता दिन सत्ता गठबन्धनबीच सहमति भएकाे छ ।

आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनबीच सहमति भएको हो ।

बालुवाटार स्राेतका अनुसार बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको छ ।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् भने जनमाेर्चाले सरकारमा सहभागि नुहने यसअघि नै बताइसकेकाे छ ।