८ बैशाख २०८१, शनिबार

मनाङको बाढी पहिरो प्रभावित क्षेत्र गृहमन्त्री खाँणद्वारा अनुगमन

NL Manang 2 1024x682 1

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढी पहिरोले क्षति पुर्‍याएको क्षेत्रको आज अनुगमन तथा निरीक्षण गर्नुभयो ।

उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलाई थप चुस्त बनाउन निर्देशन दिनुभएको थियो । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो ।

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुन निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

NL Manang 3 1024x682 1