१५ चैत्र २०८०, बिहीबार

सामूहिक निर्णय गर्नै सक्दैनन् दलहरु, सधैं मन्त्री छान्ने जिम्मा अध्यक्ष वा सभापतिलाई

613da8ce53f7f all party bhadua25

राजनीतिक दलहरू छलफलबाट मन्त्री चयन गर्न सफल हुँदै आएका छन् । केन्द्रीय कमिटी, स्थायी र पदाधिकारी वा सचिवालयमा मन्त्री चयनका लागि छलफल हुने गरे पनि अन्ततः नेतृत्वलाई जिम्मा दिने गरेको छ ।

पछिल्लो पटक जनता समाजवादी पार्टी नेपालले पनि सोही निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहेको जसपाले पार्टीबाट मन्त्री बन्ने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा नेतृत्वलाई दिएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वर्तमान सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ ।

प्रायःसबै पार्टीभित्र मन्त्री छान्ने जिम्मा अध्यक्ष वा सभापतिलाई दिने गरिएको छ । जसपाले तीनजनालाई जिम्मा दिएको भए पनि अन्य दलहरूले अध्यक्ष वा सभापतिलाई दिँदै आएका छन् ।

कांग्रेसले सभापति शेरबहादुर देउवालाई, एमालेले अध्यक्ष केपी ओलीलाई र माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्री बन्ने नेताहरूको नाम टुंगो लगाउने जिम्मा दिने गरेका छन् ।