१३ बैशाख २०८१, बिहीबार

कानून सम्वत रुपमा प्रदेश सरकारले विश्वासको मत लिने : मुख्यमन्त्री आचार्य

prades sava 1 1024x682 1

प्रदेश न १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विधि र कानून सम्वत रुपमा वर्तमान प्रदेश सरकारले विश्वासको मत लिने बताउनु भएको छ ।

प्रदेश नं. १ प्रदेशसभा नवनिर्मित भवनको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले केही ढिलो चाँडो भए पनि सरकारले विश्वासको मत लिने दाबी गर्नुभयो ।

संवैधानिक विधि र प्रक्रियाबाट यो सरकार वनेको भन्नुहुँदै उहाँले सबै दललाई मिलेर सहमतिको सरकार बनाउन आग्रह समेत गर्नुभयो । आगामी निर्वाचन सम्म सहमति सरकार बनाएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्नु हुँदै नेपाली काँग्रेसका सचेतक केदार कार्की, नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङवो, नेकपा एकिकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्रकुमार राई तथा जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले मुख्यमन्त्रीले राजीनामा दिएर राजनीतिक मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशसभाका सभामुख प्रदीप भण्डारी तथा उपसभामुख सरस्वती पोखरेलले असोज २२ गतेबाट शुरु हुने हिउँदे अधिवेशन नयाँ भवनबाट शुरु हुने बताउनुभयो ।

करिब ३ करोड १० लाख रुपैयाँको लागतमा निमार्ण गरिएको सो भवनमा प्रदेशसभा सदस्यका लागी ९७ वटा सिटको व्यवस्था गरिएको प्रदेश सचिवालयका प्रमुख सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार अस्थायी रुपमा स्थापना गरिएको सो भवनमा प्रदेशसभा सञ्चालनका लागी सबै प्रकारको व्यवस्था मिलाइएको छ ।

यस अघि तत्कालीन जिल्ला विकास समितिको भवनमा प्रदेशसभा सञ्चालन हुँदै आएको थियो । सो भवन सभा सञ्चालनका लागि साँगुरो भएपछि नयाँ भवन निमार्ण गरिएको प्रमुख सचिव पराजुलीले बताउनुभयो ।