१६ चैत्र २०८०, शुक्रबार

संसद बैठक बस्दै, बजेटको प्रतिस्थापन विधेयक पास गर्ने तयारी

Capture1631097340

प्रतिनिधि सभाको जारी नवौँ अधिवेशनको बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ भने त्यसलाई जसरी पनि रोक्ने रणनीतिमा नेकपा एमाले छ ।

सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठम अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले काँटछाँट गरिदिएको छ ।

तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मंगलबारको सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । तर एमाले हरेक बैठकमा बेल घेर्दै आएको छ । आइतबारको संसद बैठक पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको थिएन ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्तासीन दलका नेताहरू सहभागी भए पनि प्रमुख प्रतिपक्षी एमालेका नेताहरू अनुपस्थित रहे । जसकारण बैठकले कुनै ठोस निर्णय गर्न सकेन ।

एमालेले पछिल्लो पटक दुई वटा सर्त तेस्याएको छ । एमालेले कारबाही गरेका १४ सांसदको सूचना टास गर्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रसस्त गर्नुपर्ने । तर, कारबाही विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यसबारे संसदमा टिप्पणी गर्न नमिल्ने धारणा सभामुख सापकोटाको छ ।