१४ बैशाख २०८१, शुक्रबार

पार्टी व्यवस्थापन गर्न नसक्नेले देश बनाउँछु भनेर पत्याइँदैनः गगन थापा

gaganthapa09th
फाइल फोटो

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेदवारी दिएको बताउनुभएको छ ।

सोमवार काठमाण्डौमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरूलाई अनशन बस्नुपर्ने स्थिती आउन नदिनका लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभएको हो ।

नेता थापाले पार्टीका आन्तरिक समस्याहरूलाई हल गर्न सकेमात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याउने बताउनुभयो । नेता थापाले नयाँ कांग्रेस पुरानो दिनहरूलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो ।