६ बैशाख २०८१, बिहीबार

सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क बोलेन: ओली

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क नबोलेको बताएका छन् ।

युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले भारतसँग चुइक्क नबोलेको भन्दै भने, ‘यसलाई भन्छ, घरको बाघ, वनको स्याल ।’ आफ्नो नेतृत्को सरकारले वाक स्वतन्त्रतामाथि अंकुश लगाएको भनेर बिरोध गरे पनि अहिले बोल्न नसकेको ओलीले तर्क गरे ।

तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको ओलीको भनाई छ । भारतले यसबारे थाहा छैन भनेको भन्दै उनले अघि भने, ‘यो सरकारले थाहा दिन सक्दैन ।’

ओलीले दुई महिना पुग्नलाग्दा पनि सरकार बिस्तारले पूर्णता नपाएको भन्दै ओलीले सरकारले कुनै पनि काम नगरेको आरोप लगाए । उनले सरकार जनता केन्द्रीन हुन नसकेको र सुखी नेपाली, समृद्ध नेपालको नारालाई अहिलेको सरकारले अंगिकार नगरेको बताए ।

त्यस्तै उहाले अहिलेको सरकार केही दिनको पाहुना मात्रै भएको भन्दै सरकार धेरै दिन नटिक्ने जिकिर गरे । ओलीले गठबन्धन सरकारले दार्चुलामा तुइन चुडिएको घटनाबारे भारतलाई सोध्न नसकेको आरोप लगाए । नेपाली भूभागमा अनुमतिविना भारतको हेलिकप्टर आए पनि त्यसबारे सरकार बेखबर रहेको उहाले बताउनुभयो । सम्बोधनका क्रममा ओलीले एमाले विभाजनको षड्यन्त्रमा समेल भएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने तर्क

त्यस्तै एमालेका नेता सुवास नेम्वाङले अदालतले जन्माएको सरकारले संसदलाई बिजनेश दिन नसकेको र सरकारले पनि काम गर्न नसकेको आरोप लगाए । सरकार गठन भएको ५० दिन कट्दा पनि सरकार विस्तार हुन नसकेको भन्दै नेम्वाङले सरकार विस्तार भएमा सरकार ढल्नसक्ने अवस्था भएको उल्लेख गरे । कार्यक्रममा युवाहरुलाई युवा संघमा प्रवेश गराइएको थियो ।