८ बैशाख २०८१, शनिबार

छुट्टाछुट्टै कुटनीतिक नोट सरकारले भारतलाई पठायो

foregin

नेपाल सरकारले दार्चुला घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा भारतले नेपाली सेनाको ब्यारेकमाथिबाट हेलिकप्टर उडाएकोबारे भारतलाई औपचारिक रुपमा कुटनीतिक नोट पठाएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन पठाएपछि सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई छुट्टै कुटनीतिक नोट पठाएको हो ।

मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई कूटनीतिक पहल थाल्न पनि भनेको छ । दुई घटनालाई लिएर सर्वत्र आलोचना भएपछि सरकार कूटनीतिक नोट पठाउन बाध्य भएको हो ।

साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा नेपाली नागरिक जयसिंह धामी नदीमा बेपत्ता भएका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यसबारेमा नेपालको तर्फबाट कुनै पनि आधिकारिक जानकारी नआएको बताएका छन् ।