१४ बैशाख २०८१, शुक्रबार

देउवाको भान्छामा दूध र भात खान पाइन्छ भन्दै म्याउँ गर्दै ढुक्नलाई पुगेका छन्ः ओली

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाललाई पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै संज्ञा दिएका छन् ।

शनिवार काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै एमालेमा ठुलो भुँइचालो जानेछ भनेर आस गरेकालाई जवाफ दिदै पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएको बताएका छन् ।

पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको बताएका छन् ।

उनले विकासका लहर ल्याएको वामपन्थी सरकार ढालेर प्रतिक्रान्ति गर्ने र नेपाली काँग्रेसको एस पार्टी बनेको आरोप लगाए ।

उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए ।

उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउँ गर्दै ढुक्नलाई पुगेका छन् । यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ रु खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।

अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’