७ बैशाख २०८१, शुक्रबार

सभामुखलाई संसद् अधिवेशन चलाएर देखाउन एमालेको चुनौती

ishwor pokhrel
फाइल फोटो

नेकपा एमालेले संसद् अधिवेशन चलाएर देखाउन चुनौती दिएको छ । शनिबार काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले आगामी संसद् अधिवेशन चलाएर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई चुनौती दिनु भएको हो ।

उहाँले सभामुख सापकोटा सभामुख नभइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशन मान्ने कार्यकर्ता भएको टिप्पणी समेत गर्नुभयो ।

पोखरेलले एमालेलाई कमजोर बनाउन देशी–विदेशी शक्तिले माधव नेपाललाई प्रयोग गरे पनि त्यो सफल नहुने दाबी गर्नुभयो ।

उहाँले काभ्रेमा एमालेलाई कसैले चुनौति दिन नसक्ने बताउनुभयो। अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको भेलामा नेताहरु टोपवहादुर रायमाझी, गोकुल बास्कोटा, नविना लामा लगायतको सहभागिता थियो ।