८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणबाट थप ९ जनाको निधन, १२६८ थपिँदा २१९५ संक्रमणमुक्त

corona 05 09
फाइल फोटो

नेपालमा पछिल्लो कोरोना भाइरसको संक्रमणदर र मृत्युदर केही घटेको छ ।

९ हजार ८ सय ७५ परीक्षणमा १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ जनाको निधन भएको छ ।

६ हजार ७ सय ५३ को पीसीआर परीक्षणमा एक हजार २४ र ३ हजार १ सय २२ एन्टिजेन परीक्षणमा २ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३ सय ८६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा २ सय ८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्। काठमाडौंबाहिर सबैभन्दा धेरै कास्कीमा एक सय ४३, झापामा ७९ र सुनसरीमा ६५ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो पटक २ हजार १ सय ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । देशभर ३१ हजार ८ सय २६ जना सक्रिय संक्रमित छन्। ५ सय ५४ जनाको आइसीयू र १ सय ७४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो पटक संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८ सय १८ पुगेको छ। एक लाख ७ हजार ५ सय ९८ जनाले खोप लगाएका छन ।

यो सँगै पूर्ण खोप लगाउनेको संख्या ४८ लाख ६३ हजार ८ सय ३५ पुगेको छ । ५५ लाख ११ हजार ९ सय २९ जनाले पहिलो मात्रा खोप लगाएका छन ।