१४ बैशाख २०८१, शुक्रबार

सुर्खेतमा आइतबारदेखि विद्यालयहरु सञ्चालनमा आउने

students
फाइल फोटो

सुर्खेत जिल्लामा आइतबारदेखि विद्यालयहरु सञ्चालनमा आउने भएका छन् ।

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् ।

शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन् ।

विद्यालय खुलाउने सम्बन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अबस्था हेरिने बताए ।

सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’ मा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछन् ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ रहेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको हो । भने भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् ।

आगामी सातादेखि सबै सामुदायिक संस्थागत विद्यालयहरु खुल्ने छन् ।