१५ चैत्र २०८०, बिहीबार

नेपालगञ्ज विमानस्थलबाट चार किलो सुन सहित दुई पक्राऊ

gold smuling

नेपालगञ्ज विमानस्थलबाट चार किलो सुन सहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ।

शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा चार किलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले बताउनुभयो।

सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। सुन सहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन बिश्वकर्मा र मोरङका बिश्वमान खाति रहेको डिएसपी न्यौपाने ले बताउनुभयो।